कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, १३ कात्तिक : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.