बैंगलोरलाई ५ विकेटले हराउँदै मुम्बई प्ले अफ नजिक

काठमाडौं, १३ कात्तिक : साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।

आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेकाे हाे ।

बुधबार राति भएको खेलमा मुम्बईले रोयल्स च्यालेन्जर्स बंगलोरलाई ५ विकेटले पराजित गर्दै आफूलाई शीर्ष स्थानमा यथावत राखेको हो ।

शेख ज्यायद स्टेडियममा बैंगलोरले मुम्बईलाई जितका लागि दिउको १६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । मुम्बईका लागि सुर्य कुमार यादवले नट आउट अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले १० चौका र ३ छक्काको सहयोगमा ७९ रन बनाउन सफल भए । त्यस्तै इशन किशनले २५ रन बनाउँदा क्विन्टन डिककले १८ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहाल र मोहमद सिराजले समान दुई–दुई विकेट लिए । त्यस्तै क्रिस मोरिसले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । बैंगलोरका लागि देबदक्त पाडिकलले अर्धशतकीय पारी खेले ।

४५ बल खेलेका पाडिकलले १२ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाउन सफल भए । त्यस्तै जोस फिलिप्पेले ३३ रन बनाउँदा वासिन्टन सुन्दर बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चेर एक मेडन ओभर पनि फलेका थिए ।

योसँगै भुम्राहाले आईपीएलमा १०० विकेट पूरा गरेका छन् । मुम्बईका लागि टे«न्ट बोल्ट, राहुल चहार र किरन पोलार्डले समान एक–एक विकेट लिए । आजको खेलमा मुम्बईले जित निकाल्दै आईपीएलको यो सिजन प्लेअफमा पुगेको छ । मुम्बई ११ खेलबाट १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पराजित बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.