बार्सिलोना क्लबका अध्यक्षद्धारा राजीनामा

काठमाडौं, १२ कात्तिक : बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् ।

उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए । उनलाई क्लबका समर्थकहरुले पनि अध्यक्ष पदबाट छाड्न दबाब दिरहेका थिए ।

बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थिएन । मेस्सीले समेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई क्लबमा खुसी राख्न असफल बनेपछि अध्यक्ष बर्टोमेउ आलोचित बन्दै आएका थिए । गत अगष्टमा मेस्सीले क्लब छाड्ने निर्णय सुनाएका थिए ।

मेस्सीले क्लब छाड्ने निर्णय गर्दा क्लबका सम्पूर्ण बोर्ड सदस्यले पदबाट राजीनामा दिएका थिए ।

गत शनिबार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसँग ३-१ को हार बेहोरेको थियो । उक्त समयमा पनि बर्टोमेउको आलोचना भएको थियो ।

बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.