भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने, सातामा दुई दिन मात्रै

काठमाडौं, १२ कात्तिक : सरकारले कोरोना भाइरस (कोभिड-१९) को मिडिया ब्रिफिङ अब सातामा दुई दिन मात्रै गर्न भएको छ ।

दशैँ बिदापछि मिडिया ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

नागरिक तहबाट पनि मिडिया ब्रिफिङ बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो । ‘अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपरान्ह ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ, गौतमले भने, ‘दुई दिन साविककै समयमा मिडिया ब्रिफिङ गरेर अन्य पाँच दिन अपरान्ह ४ : ३० बजेट कोभिड-१९ सूचना दिन खोलिएको वेबसाइट, ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.