च्याम्पियन्स लिगमा बायर्न म्युनिखको लगातार दोश्रो जित

काठमाडौं, १२ कात्तिक : च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले अपराजित यात्रालाई १३ खेलसम्म पुर्याएको छ ।

समूह एमा मंगलबार राति लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रालाई १३ औं खेलसम्म पुर्याएको हो ।

लोकोमोटिभको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन लेओन गोरेट्जक र जोसुवा किमिचले एक-एक गोल गरे । त्यस्तै लोकोमोटिभका लागि एन्टोन मिरान्चुकले एक गोल फर्काए ।

लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्नलाई अघि बढाए ।

एन्टोन मिरानचुकले ७० औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे ।

मिडफिल्डर जोशुआ किमिचले ७९ औं मिनेटमा भलीमार्फत बायर्नका लागि विजयी गोल गरे ।

प्रशिक्षक हान्सी फ्रिल्किको नेतृत्वमा बायर्नले पछिल्ला ३६ खेलमध्य ३४ खेलमा जित निकालेको छ । हान्सीको नेतृत्वमा बायर्नले च्याम्पियन्स लिगका सबै १० खेलमा जित निकालेको छ ।

समूह ‘ए’मा शतप्रतिशत जित निकाल्दै बायर्नले ६ अंक जोडेको छ । मस्को टिमको २ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.