हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हरायो

काठमाडौं, १२ कात्तिक : सनराईजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।

कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए ।

यस्तै सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।

पहिलो विकेटको रुपमा आउट भएका वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए ।

रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए ।

यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।

दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ । र, हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।

यस्तै हैदराबादले दिल्लीलाई लगातार दोस्रो खेलमा पराजित गरेको हो । सिजनको पहिलो भेटमा दिल्लीलाई हैदराबादले १५ रनले हराएको थियो ।

हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ ।

दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.