च्याम्पियन्स लिगमा आज राति ८ खेल हुँदै

काठमाडौं, ११ कात्तिक : समूह चरणअन्तगर्त च्याम्पियन्स लिगमा दोस्रो चरणका खेलहरु आज राति हुने भएका छन् । आज राति समूह ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ का खेलहरु हुँदै छन् ।

जसअन्तर्गत आज राति नेपाली समयअनुसार ११ बजेर ४० मिनेटमा जर्मन क्लब बार्यन म्युनिखले रसियन प्रिमियर लिगको लोकोमोटिभ मस्कोसँग खेल्दै छ । मस्कोले यसअघिको खेलमा अस्ट्रियन बुन्डेसलिगको साल्जवर्गसँग २–२ को बराबरी खेलेको थियो भने बार्यनले लालिगाको बलियो टोली एट्लेटिको म्याड्रिडलाई ४–० ले हराएको थियो ।

त्यस्तै रियल म्याड्रिडलाई हराएर सनसनीपूर्ण प्रदर्शन गरेको युक्रेनी फुटबल क्लबले साख्तर डोनेस्टकले इटालीको क्लब इन्टर मिलानसँग सोही समयमा खेल्दै छ ।

त्यसैगरी राति १ बजेर ४५ मिनेटमा म्यानचेस्टर सिटीले फ्रान्सेली फुटबल क्लब मर्सिलेसँग प्रतिस्पर्धा गर्दै छ । ग्रीक फुटबल टोली ओलम्पिकससँग १–० ले हारेको मर्सिलेका लागि आज जित्नै पर्ने अवस्थामा छ । सिटीले भने यसअघिको खेलमा पोर्टोलाई हराएको थियो ।

लिभरपुल र मिडिल्यान्डबीचको खेल पनि आजै राति हुने भएको छ । अघिल्लो खेलमा आयाक्सलाई संघर्षपूर्ण १–० ले हराएको लिभरपुलले आज राति पाैने २ डेनिस क्लबसँग मिडजिटल्यान्डसँग खेल्ने छ ।

त्यसैगरी इन्टरमिलानसँग बराबरी खेलेको जर्मन क्लब मुन्चेनग्लाबेचले बलियो प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्दै छ । यसअघिको खेलमा साख्तर डोनेस्टेकसँग लज्जास्पद हार बेहोरेको रियल यस खेलमा जित निकाल्नैपर्ने दबाबमा छ। यो खेल पनि पाैने २ बजे राति हुँदै छ ।

यसैगरी बार्यन म्युनिखसँग लज्जास्पद हार बेहोरेको एट्लेटिको म्याड्रिले साल्जबर्गसँग राति पाैने दुई बजे नै भिड्दै छ भने यही समयमा पोर्टो र ओलम्पिकसले आमने सामने गर्दै छन् ।

त्यस्तै एटलान्टा र आयाक्सले पनि यही समयमा खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.