उपत्यकामा २५२ सहित ५७० जनामा कोरोना संक्रमण पुष्टि, ३१६८ जना डिस्चार्ज

काठमाडौं, ११ कात्तिक : पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५७० संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२  कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९७ महिला र १५५ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ९५८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०० जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १९४ जना सक्रिय संक्रमित रहेका छन् भने ५८ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४३४ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार ३६२ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ । देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन्  भने दुई हजार ९३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, वागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा आज सङ्क्रमित भेटिएका छैनन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ ।

देशभर कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा देशभर १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएका हुन् ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।

देशभर कहाँ कति थपिए ?

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.