राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौं, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन् । शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सोही क्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला ग्रहण गराएको उनले बताए ।

यसअघि प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.