म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडे
काठमाडौँ, ९ कात्तिक : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेलेको हो ।
दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाड्नु परेको हो ।
युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
यस बराबरीसँगै ६ खेल खेलेको चेल्सीको ९ अंक भएको छ । चेल्सीले ६ खेल मध्ये २ खेलमा जित, ३ खेलमा बराबरी र १ हारको सामना गरेको छ । यता युनाइटेडले भने ५ खेल खेल्दै ७ अंक जोडेको छ । युनाइटेडले पछिल्ला ५ खेलमा २ जित एक बराबरी र दुई खेलमा हारको सामना गरेको छ ।
