उपत्यकामा १५३५ सहित थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि, ३३३६ जना डिस्चार्ज

काठमाडौं, ९ कात्तिक : पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८५६ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ३३६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ११ हजार ६७० जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९३ हजार १७३  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १२ हजार ९७९ जना र होम आइसोलेसनमा ३२ हजार ५९३ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ३२२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट देशभर थप पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.