कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौँ, ९ कात्तिक : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ ।

कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.