उपत्यकाका १७०२ सहित ३०९३ जनामा कोरोना संक्रमण पुष्टि, २१०८ जना डिस्चार्ज

काठमाडौं, ४ कात्तिक : पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख  ३९ हजार १२९ पुगेको छ ।

काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २१०८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ जनाको ७७९ पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर चार हजार २२० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

रोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.