उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना संक्रमण पुष्टि, २३३५ डिस्चार्ज

काठमाडौं, ३ कात्तिक : पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३८८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन् । आजसम्म देशभर चार हजार ४७० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
