कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं, हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक सञ्जालबाट जानकारी दिदैं कलाकार आचार्यले सामान्य लक्षण देखिएकोले हिंजो आफ्नो र श्रीमती रमिलाको स्वाव परीक्षण गरेको र आज दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको बताएका छन् ।
उनले स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’
