दशैंमा अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, १८ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गरे ।
उनले जो जहाँ जुन अवस्थामा छ त्यही नै दशैं मनाउन अपिल समेत गरे । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् ।
