आईपीएलमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित
काठमाडौं, १७ असोज : यूएईमा जारी १३औँ सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा हैदरावादले चेन्ननई सुपर किङ्सलाई ७ रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको १६५ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १५७ रन बनायो ।
चेन्नईका लागि रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र २ छक्काको हसयोगमा ५० रन बनाए । त्यस्तै कप्तान महेन्द्र सिंह धोनीले ४७ रनको योगदान गरे ।
चेन्नईका लागि फाफ डू प्लेसिसले २२ रन जोड्दा श्याम करनले १५ रन जोडे । बलिङतर्फ हैदरावादका लागि थन्गरासु नटराजनले दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र अबदुल समादले समान एक–एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । १९ वर्षीय प्रियमको यो आईपीएलमा पहिलो अर्धशतक हो ।
यस्तै अविशेक शर्माले ३१ रन जोड्दा मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए ।
चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले १/१ विकेट लिए ।
जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । हैदराबाद चौंथो स्थानमा समेत उक्लिएको छ ।
चेन्नईको यो तेस्रो हार हो । चेन्नईले ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।
