आईपीएल : कोलकत्ताद्वारा राजस्थान पराजित
काठमाडौं, १५ असोज : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।
लगातार दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले बुधबार ३७ रनको जित पार्यो । १ सय ७४ रनको लक्ष रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरमा ९ विकेटमा १ सय ३७ रनमात्र बनाउन दियो । कोलकाताको यो पहिलो जीत हो ।
राजस्थानका टम कुरान ५४ रनमा अविजित रहे । त्यसबाहेक दोहोरो स्कोर बनाउनेमा जोस बटलर २१ र राहुल टेवाटिया १४ रन बनाए। कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।
यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
कोलकाताले आजको खेलमा जितसँगै लिगमो दोस्रो जित निकाल्न सफल भएको छ । तीन खेल खेलेको कोलकाताको ४ अंक छ । यता राजस्थानको यो पहिलो हार हो । तीन खेलेको राजस्थानको पनि ४ अंक रहेको छ ।
आज साँझ मुम्बई र पन्जाबबिच प्रतिस्पर्धा हुनेछ ।
