रियल मड्रिडको जित, एट्लेटिको बाराबरीमा रोकियो
काठमाडौं, १५ असोज : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित आत्मसाथ गरेको छ ।
बुधबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो ।
रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे ।
रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जिनेदिन जिदानले लिगको सुरुवाती दुई खेलमा ४ अंक बटुलेका थिए ।
भालाडोलिडका गोलकिपर रोबर्टोले फेडरिको भाल्भर्डे र लुका जोभिकको उत्कृष्ट प्रहारलाई बचाउ गर्दै रियललाई निराश बनाएका थिए ।
तर दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जुनियरले गोल गर्न सफल रहे ।
योसंगै शीर्ष स्थानमा रहेका गेटाफे, भिया रियल र भ्यालेन्सियलाले ७ अंक जोडेका छन् ।
एट्लेटिको बाराबरीमा रोकियो
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले हुयस्कासँग गोलरहित बराबरी खेलेको हो ।
हुयस्काको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले बराबरी खेल्दै एक–एक अंक बाड्न बाध्य भएको हो ।
बराबरीसँगै एट्लेटिकोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा ग्रानाडाविरुद्ध फराकिलो जित निकालेको एट्लेटिकोले दोस्रो खेलमा भने कमजोर प्रदर्शन गरेको थियो । यता ४ खेल खेलेको हुयस्काको तीन अंक रहेको छ ।
यस्तै भिल्ला रियलले डिपोर्टिभो अलाभेसलाई ३–१ गोलले र इल्चेले आइबरलाई १–० गोलले पराजित गर्यो ।
