उपत्यकामा ९०२ सहित १५५९ जनामा कोरोना संक्रमण पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौं, १४ असोज : पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.