मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णय सार्वजनिक
काठमाडौं, १३ असोज : कोरोनाको जोखिम कम भएर नभई दैनिक जीवन सहज बनाउनका लागि लकडाउन खोलिएको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले यो बेला सबैले सतर्कता अपनाउन जरुरी रहेको बताए ।
यस्तै सरकारले मापदण्ड विपरित पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ। घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले अग्रह गरे ।
यस्तै सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

यस्ता छन् असाेज ८ र ११ गते बसेकाे मन्त्रिपरिषद बैठकले गरेका निर्णय:
