पीएसजीको जितमा इकार्डीको गोल

Imageकाठमाडौं, १२ असोज : अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । रेइम्सको घरेलु मैदानमा भएको खेलमा पीएसजी २–० ले विजयी भएको हो ।

रिम्सको मैदानमा पीएसजीलाई जित दिलाउन दुवै गोल माैरो इकार्डीले गरे ।

पहिलो हाफको नवौं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

पीएसजीको यो सिजनको तेस्रो जित हो । जितसँगै पीएसजीले पाँच खेलबाट नौ अंक जोडेको अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यता पराजित रेइम्स भने समान खेलबाट एक अंक जोड्दै १९ औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.