ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं, ९ असोज : ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएको थियो ।

‘पाटन अस्पतालमा उहाँको स्वाब दिइएको थियो । आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने ।

प्रवक्ता महर्जनले मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको जानकारी पनि दिए ।

पछिल्लो समय महर्जन राहत वितरणलगायत काममा हिँडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.