पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना पुष्टि, १७ जनाकाे मृत्यु
काठमाडौं, ८ असोज : पछिल्लो २४ घण्टामा नेपालमा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।
देशभर कहाँ कति थपिए ? (विवरणसहित)
20200924_163541