पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण, १८९३ जना डिस्चार्ज

काठमाडौं, ७ असोज : पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् ।

छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४९ हजार ९५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३.७ प्रतिशत रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १०४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ६७ हजार ९०४ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।

देशभर कहाँ कति ? (विवरणसहित)

20200923_164256
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.