नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक गन्तव्यमा उडान शुरु

काठमाडौं, ७ असोज : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।

उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् ।

त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ ।

नेपाल वायुसेवाको आन्तरिक तर्फको उडान तालिका:

सेक्टर   उडान हुने दिन     
  • काठमाडौं-रुकुम-काठमाडौं
  • रुकुम -नेपालगंज-रुकुम
आईतवार, बिहीबार
  • नेपालगंज-जुम्ला-नेपालगंज
आईतवार
  • काठमाडौं-भोजपुर-काठमाडौं
सोमबार, मंगलबार, शुक्रबार
  • काठमाडौं -दाङ्ग-काठमाडौं
सोमबार, बुधबार, शुक्रबार
  • काठमाडौं-फाप्लु-काठमाडौं
आईतबार, मंगलबार,
  • काठमाडौं-थामखर्क-काठमाडौं
बुधबार
  • नेपालगंज-बाजुरा-नेपालगंज
बिहीबार
  • काठमाडौं-ताप्लेजुङ्ग-काठमाडौं
  • काठमाडौं-खानीडाँडाँ-काठमाडौं
बुधबार, शनिवार
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.