प्रिमियर लीगमा म्यानचेष्टर सिटी र एष्टन भिल्ला विजयी

काठमाडौं, ६ असोज : इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी र एष्टन भिल्लाले विजयी शुरुवात गरेका छन्।

उल्फ्सलाई ३–१ गोलले हराउँदै सिटीले लीगमा शानदार शुरुवात गरेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि केविन डी ब्रुनी, फिल फोडिन र गेबरियल जिसस गोल गरेका थिए । उल्फ्सका लागि राउल जिमिनेज एक गोल फर्काए

२० औं मिनेटमा पाएको पेनाल्टीलाई ब्रुनीले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा फोडिनले गोल थप्दै सिटीको अग्रता दोब्बर पारे । उल्फ्सका लागि ७८ औं मिनेटमा जिमिनेजले एक गोल फर्का ए। त्यसपछि इञ्जुरी समयको पाँचौं मिनेटमा जिससले गोल गरेपछि सिटी ३–१ ले विजयी भएको हो ।

गएराति नै सम्पन्न अर्को खेलमा एष्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १० गोलले पराजित गरेको छ । भिल्लाको जितमा ६३ औं मिनेटमा इरी कोन्साले गरेको गोल नै निर्णायक बन्यो  सेफिल्डका जोन इगनले खेलको १२औं मिनेटमा रातो कार्ड पाएका थिए ।

सेफि ल्डको यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.