‘हिम चितुवा’ आङरिताको अन्तेष्टि राजकीय सम्मानका साथ गरिने

काठमाडौं, ६ असोज : कीर्तिमानी पर्वतारोही ‘हिम चितुवा’ आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गरिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो ।

त्यस्तै, बैठकले असोज २४ तय भएको आधिकारिक ट्रेड युनियनको चुनाव पनि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.