स्पेनिस ला लिगा : डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं, ५  असोज : डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियलले खेलमा केही निश्चित गोलको अवसर सिर्जना गरेको थियो । तर करिम बेन्जिमाको कमजोर प्रहारलाई गोलकिपर एलेक्स रेमिरोले विफल बनाए ।

म्यान्चेष्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भा सोसिडाडबाट डेब्यु गरेका थिए । तर उनले पनि गोल गर्न सकेनन् ।

घरेलु टोली सोसिडाडले समेत गोलका केही अवसर सिर्जना गरेको थियो । उसका अलेक्जेन्डर इसाकको कमजोर प्रहार थिबाउट कर्टोइसले बचाएका थिए भने एन्डर बेरेनटेक्सियाको भली प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

रियल मड्रिडले चोटका कारण इडेन हजार्डको साथ पाएन । अर्का विङ्गर ग्यारेथ वेल यसै हप्ता पुन टोटेनहम फर्किएका छन् ।

ब्राजिली युवा स्टार भिनिसियस जुनियर र रोड्रिगोले खेलमा प्रभाव राख्न असफल रहे ।

गत सिजनको च्याम्पियन रियलले १ अंक सहित लिगको सुरुवात गरेको छ । सोसिडाडको नयाँ सिजनमा यो दोस्रो बराबरी हो ।

ला लिगाको नयाँ सिजनमा रियल सोसिडाडको भने यो दोस्रो खेल हो । दुबै खेल बराबरी खेलेको रियल सोसिडाडले पहिलो खेलमा भाल्लाडोलिडासँग १–१ को बरारबी खेलेको थियो । यससँगै रियल सोसिडाडले दुई खेलबाट दुई अंक जोडको छ ।

रियल सोसिडाड तालिकको नवौं स्थानमा छ ।

यता रियल मड्रिडले भने नयाँ सिजनको पहिलो खेल खेलेको हो । पहिलो खेलमा नै बरारबी खेल्दै रियल मड्रिडले लिग अंक तालिकामा एक अंक जोडेको छ । रियल मड्रिड तालिकाको १० औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.