इटालियन सिरि ए : युभेन्टसको विजयी शुरुवात
काठमाडौं, सिरि ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।
इटालियन सिरी ए फुटबलमा डिफेन्डीङ च्याम्पियन युभेन्टसले विजयी सुरुआत गरेको छ । आइतबार राति आईतबार टुरिनमा भएको खेलमा साम्पडोरियालाई ३–० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुआत गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि डेजान कुलुसेवस्की, लिओनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा कुलुसेवस्कीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोको पासमा गोल गर्दै पहिलो हाफमा युभेन्टसलाई १–० को अग्रता दिलाएका हुन् । त्यस्तै ७८ औं मिनेटमा युभेन्टसका डिफेन्डर लिओनार्दोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
खेल सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरे । उनले आरोन राम्सेको पासमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।
यस जितसँगै युभेन्टसले नयाँ सिजनको घरेलु लिगमा सुखद सुरुआत गरेको छ । युभेन्टसले अंक तालिकामा एक खेलबाट तीन अंक जोडेको छ । साम्पडोरिया पहिलो खेलमा नै पराजित हुन पुगेको छ ।
