लिभरपुलको लगातार दोस्रो जित, टोटनहमको फराकिलो जित
काठमाडौं, ५ असोज : लिभरपुलले प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २–० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो ।
चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको खेलमा लिभरपुललाई जित दिलाउन दुबै गोल स्याडियो मानेले गरे । उनले पहिलो हाप गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।
५० औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो । राेबर्टाे फिर्मिन्हाेकाे क्रसमा मानेले हेडमार्फत गाेल गरेका थिए ।
त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाउने काम गरे ।
दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गाेलकिपर एलिसनले बचाए ।
चेल्सीमाथि शानदार जित सहित लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।
यसैगरी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ ।
आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो ।
साउथह्यामटनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर टोटेनहमले सानदार जित निकालेको हो ।
टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे । ह्यारी केनले एक गोल थपे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले दुई गोल गरे ।
यसैगरी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ ।
आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५-२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो ।
टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे । ह्यारी केनले एक गोल थपे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले दुई गोल गरे ।
तेस्रो मिनेटमा ह्यारी केनले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट अफसाइड देखिदा केनको गोलले मान्यता पाएन ।
३२ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । ४५ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो ।
६४ औं मिनेटमा सनले ह्याट्रिक पुरा गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए । प्रिमियर लिगमा सनको यो पहिलो ह्याट्रिक हो ।
खेलको ७३ औं मिनेटमा सनले चौंथो गोल गर्दै टोटेनहमलाई ४-१ को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा ड्यानीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि साउथह्याम्पटन ५-२ ले पराजित भयो ।
जितसँगै टोटेनहमले २ खेलमा ३ अंक जोडेको छ । टोटेनहम तालिकाको पाँचौ स्थानमा रहेको छ ।
यस्तै प्रिमियर लिग अन्तर्गत नै आइतबार लेष्टर सिटीले बर्नलीलाई ४–२ ले पराजित गरेको छ ।
१० खेलाडीमा समेटिएको ब्राइटनले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा न्युक्यासलमाथि ३–० को सहज जित निकालेको हो । न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन नेअल माउपले दुई तथा आरोन कोनोलीले एक गोल गरे ।
