प्रकाश समीरको दशैं गीत ‘गरिबीको झोला’ सार्वजनिक
काठमाडौं, ४ असोज : गायक प्रकाश समीरको दशैं विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ ।
गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र एलेन घिमिरेको संगीत रहेको छ ।
विशेषगरी कोरोनाका कारण परदेशमा रोकिएका नेपालीहरुको कथा, व्यथालाई गीतमा प्रस्तुत गरिएको छ । कोरोनाले परदेशीहरुलाई दिएको दुःखलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश समीरकै अभिनय र निर्देशन रहेको गीतको भिडियोमा चर्चित मोडल रंजिता गुरुङको अभिनय रहेको छ ।
समीर मिडियाले तयार गरेको प्रस्तुत गीत यूटुव च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो लिंक
