संविधान दिवसको मूल समारोहमा जे देखियो …   

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै । तस्वीर:  रोशन सापकोटा

काठमाडौँ, ३ असोज : गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण रुपमा खुशीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए ।

हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो ।

विभिन्न जातजातिको सास्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सास्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सास्कृतिक झाँकी प्रदर्शन गरेको थियो । कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्यले शोभा बढाएको थियो । भ्रमण वर्षका कार्यक्रम र दृष्य मोहित पार्न खालको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाबाट सलामी ग्रहण । तस्वीर:  रोशन सापकोटा

विडम्बना यो अवसर यसपालीको संविधान दिवसमा प्राप्त हुन सकेन । आम नागरिकको मनमनमा संविधान भए पनि नेपाली जनताले विगतमा झैँ मन खोलेर दिवस समारोहमा सहभागि हुन पाएनन् । चाहना हुँदाहुँदै पनि कोभिड–१० सङ्क्रमण जोखिका कारण सम्भव भएन । यद्यपि सरकारले विशेष समारोह आयोजना गरेर आज संविधान दिवस भने मनाएको छ ।

निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर दिवस मनाइएको हो । आज यहाँ न जातजातिका झाँकी नै थियो न त आम सर्बसाधारण तथा सारा सरकारी कर्मचारीहरु नै उपस्थिति हुन पाए ।

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्वीर: रोशन सापकोटा

सहभागी हुनुहुन्थ्यो त केवल राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरु । न त भव्य ¥याली नै आयोजना हुन सक्यो न त जातजातिका साँस्कृति झाँकीले नै शोभा बढाउन सक्यो ।

संविधान जारी भएको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजना भएको उक्त समारोहमा नेपाली सेनाको व्याण्ड टोलीले भने राष्ट्रिय भावनाले ओतप्रोत धुनसहित विभिन्न प्रस्तुति भने दिएको थियो । उनीहरुले अन्य सैन्य कला भने देखाउन पाएनन् ।हजारौँको बलिदानपछि सशस्त्र सङ्र्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाबाट सलामी अर्पण । तस्वीर: रोशन सापकोटा

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो । यसपालिको दिवस समारोहमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । यस्तै रङ्गीबिरङ्गी बेलुनसमेत उठाइएको थियो ।

नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पणपछि छैटौँ संविधान दिवसका स्मरणमा शान्तिको प्रतीक छ जोडी परेवा उडाएर औपचारिक कार्यक्रम शुरु भएको थियो ।

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्तव्य । तस्वीर: रोशन सापकोटा

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च सरकारी अधिकारीको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने र अर्थतन्त्रलाई गम्भीर धक्का पु¥याउने गरी फैलिएको कोभिड–१९ सङ्क्रमणको महामारीको प्रभावका बारेमा विचारविमर्श गरी दिवस मनाउनुपरेको सुनाउनुभयो । उहाँले यसलाई छिट्टै परास्त गरेर मुलुकको हरेक गतिविधि विगत झैँ चलायमान हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

संविधान दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा विशिष्ट व्यक्तित्व । तस्वीर: रोशन सापकोटा

कोरोनाकालका कारण खुशीसाथ संविधान मनाउन नपाएपनि नेपालको संविधान आम नागरिकको मनमनमा रहेको अनुभूति गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.