इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजन आजबाट

काठमाडौं, ३ असोज :  इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुँदैछ ।

नयाँ सिजनको पहिलो दिन शनिबार दुई खेल हुनेछ ।

सिजनको पहिलो खेलमा फियोरेन्टिना र टोरिनो भिड्ने छन् ।

फियोरेन्टिनाको मैदानमा हुने खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

यस्तै अर्को खेलमा हेलास भेरोनाले रोमासँग खेल्नेछ ।

भेरोनाको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:३० मा सुरु हुनेछ ।

साविक विजेता युभेन्ट्सले भने आइतबार खेल्नेछ ।

युभेन्ट्सले साम्पडोरियासँग घरेलु मैदानमा खेल्दै सिजनको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.