कोरोना संक्रमितको संख्या ३ करोड, निको हुनेको संख्या २ करोड १७ लाख

काठमाडौं, १ असोज : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३ करोड पुगेको छ ।

पछिल्लो २४ घण्टामा झण्डै ३ लाख संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३ करोड २३ हजार भन्दा बढी पुगेकाे हो ।

पछिल्लो २४ घण्टामा भारतमा ९७ हजारभन्दा बढी संक्रमित थपिँदा अमेरिकामा ३७ हजार ८१५, ब्राजिलमा ३७ हजार ३८७, स्पेनमा ११ हजार १९३ तथा अर्जेन्टिनामा ११ हजार ६७४ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ३९ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार ७९, ब्राजिलमा ९६७, रसियामा १३२, कोलम्बियामा १९० तथा मेक्सिकोमा ६२९ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ लाख ४४ हजार ४९७ पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमित भएर निको हुनेको संख्या २ करोड १७ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.