डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको यथावत
काठमाडौं, ३१ भदौ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ ।
डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
नेपाल आयल निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।
हाल समायोजनपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ३८ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।
