हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण, १०६८ जना डिस्चार्ज

काठमाडौं, ३१ भदौ : पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३९ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना संक्रमित थपिएका छन् । ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ ।

यस्तै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२  रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यो संगैं नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.