भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो
नयाँदिल्ली, ३१ भदौ : भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ ।
मंगलबारको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ५० लाख ७ हजार १ सय १ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म कूल ३९ लाखभन्दा बढी संक्रमित निको भएका छन् । तथ्यांकअनुसार ३९ लाख २९ हजार ६ सय ५ जना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् ।
मंगलबार मात्रै भारतमा ५३ हजार ९ सय ३६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अहिले ९ लाख ९४ हजार ७ सय ६८ जना उपचारमा रहेका छन् भने मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ ।
