सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्पको धक्का
काठमाडौं ३१ भदौ : काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।
बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर १९ मिनेटको समयमा भूकम्प गएको जनाएको छ ।
अधिकांश मानिस घरमा सुतिरहेकै बेला भूकम्पको शक्तिशाली झड्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा महसुश भएको थियो । करिव ३० सेकेन्डसम्म काठमाडौँ उपत्यकामा भूकम्पको कम्पन महशुस गरिएको थियो ।

भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको छ ।
