मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी, शीर्ष १० मा को-को ?

काठमाडौं, ३० भदौ : फोर्ब्स पत्रिकाको सूचीमा बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । फोर्ब्सका अनुसार मेस्सीको वार्षिक आम्दानी १२.६ करोड डलर रहेको छ ।

दोस्रो स्थानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको आम्दानी ११.७ करोड डलर रहेको छ । तेस्रो स्थान र चौथो स्थानमा क्रमशः पीएसजीका नेयमार र किलियान एम्बाप्पे रहेका छन् ।

प्रिमियर लिगका तीनजना खेलाडी मोहमद शलाह, पाउल पोग्वा र डेभिड डि गेया शीर्ष १० मा पर्न सफल भएका छन् । त्यस्तै, वेल्सका फरवार्ड गेराथ बेल पनि शीर्ष १० मा समावेश छन् ।

सन् २०१९–२० सिजनमा निकै खराब प्रदर्शन गरेका बेल २.९ करोड डलर आम्दानीसहित आठौँ स्थानमा रहेका छन् । उनले रियलको अन्तिम १४ खेलमध्ये २ वटामा मात्र सहभागी भए ।

शलाह पाँचौँ, पोग्बा छैटौँ र डि गेया १० औँ स्थानमा रहेका छन् ।

बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजमान सातौँ र बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा रहेका छन् ।

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

  • लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर (बार्सिलोना)
  • क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर (युभेन्टस)
  • नेमार- ९६ मिलियन डलर (पीएसजी)
  • किलिएन एमबाप्पे- ४२ मिलियन डलर (पीएसजी)
  • मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर (लिभरपुल)
  • पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर (म्यानचेस्टर युनाइटेड)
  • एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर (बार्सिलोना)
  • गारेथ बेल- २९ मिलियन अमेरिकी डलर (रियल मड्रिड)
  • रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर (बायर्न म्युनिख)
  • डेभिड डी गिया- २७ मिलियन अमेरिकी डलर (म्यानचेस्टर युनाइटेड)

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.