सरकारको प्रवक्तामा प्रदीप ज्ञवाली

काठमाडौं, ३० भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका थिए ।
