असोज ५ गतेदेखि हवाइ उडान र लामो दुरीका यातायात सञ्चालन हुने

काठमाडौं, २९ भदौ : सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।

कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी खुलेपछि भक्तपुर र काठमाडौँको सिमान जडिबुटीमा गुडेका सवारी साधन । तस्वीर: रोशन सापकोट

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री अर्यालको भनाइ  छ ।

यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.