थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, ९७९ जना डिस्चार्ज

काठमाडौं, २९ भदौ : देशभर कोरोना भाइरसका थप एक हजार १७० संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७० संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९७९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ११८ जना र होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन् । आजसम्म देशभर ६  हजार ८९२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौमा एक महिलासहित ६ जनाको ज्यान गएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृतकको कुल संख्या ३६० पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.