भार्डीको दुई गोलमा लेस्टरको जित, एभरटनले टोटनहमलाई हरायो

काठमाडौं, २९ भदौ :  प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी र एभरटनले जित हात पारेका छन् ।

जेमी भार्डीले दुई गोल गरेपछि लेस्टरले वेस्टब्रोमलाई ३-० ले पराजित गरेको हो । एभरटनले टोटनहमलाई १–० ले पराजित गर्दै लिगमा सुखद सुरुवात गरेको छ ।

वेस्ट ब्रुमको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई गोल गरे । यस्तै टिमोथी कास्टाग्नेले एक गोल गरे । जितसँगै लेष्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । लेष्टर तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यसैगरी अर्को खेलमा टोटनहम एभर्टनसँग पराजित भएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा टोटनहम एभर्टनसँग १–० गोलले पराजित भएको हो ।

पाहुना टोली एभर्टनलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल डोमिनिक कल्भेर्ट लेबिनले गरे । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै एभर्टनलाई जित दिलाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.