स्पेनिस ला लिगामा भ्यालेन्सियाको विजयी सुरुवात

काठमाडौं, २९ भदौ : स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको सिजनको पहिलो खेलमा लेभान्टेलाई ४-२ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो ।

पहिलो मिनेटमै जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, १२ औं मिनेटमा गाब्रिएल पाउलिस्टाले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरी ल्याए ।

३६ औं मिनेटमा लुइसले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए ।

खेलको ३९ औं मिनेटमा म्याक्सिमिलानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई २-२ गोलको बराबरी फर्काए ।

त्यसपछि भ्यालेन्सियाका म्यानुएल भालेजो चम्किए ।

७५ औं मिनेटमा म्यानुएलले गोल गर्दै भ्यालेन्सियालाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा म्यानुएलले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ४-२ को जित दिलाए ।

जितसँगै भ्यालेन्सियाले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । भ्यालेन्सिया तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा रियल बेटिसले आलाभेसलाई १–० गोलले पराजित गरेको छ ।

अर्को खेलमा रियल भालाडोलिडले रियल सोसिडाडसँग १–१ को बराबरीमा सकियो ।

यसैगरी भिया रियलले हुयस्कासँग १–१ को बराबरी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.