थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

काठमाडौं, २८ भदौ : बितेको २४ घण्टामा देशभर १०३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ११७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६९७ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ३६५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ४० हजार ५२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३४५ पुगेको छ ।
