आर्सनल र लिभरपुलको विजयी सुरुआत
काठमाडौं, २८ भदौ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार सुरुवात गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले सानदार सुरुवात गरेको हो ।
सिजनको सुखद सुरुवात गर्ने क्रममा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक-एक गोल गरे ।
यस्तै, साविकको विजेता टोली लिभरपुलले प्रिमियर लिग फुटबलमा उत्कृष्ट सुरुआत गरेको छ ।
लिभरपुलले शनिबार राति भएको सिजनको पहिलो खेलमा रोमाञ्चक जित निकालेको हो । लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै सिजनको सुखद सुरुआत गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।
उता लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक–एक गोल फर्काए ।
सिजनको सुखद सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई १–० गोलले र न्यूक्यास्टल युनाईटेडले वेस्ट ह्याम युनाईटेड लमई २–० ले पराजित गरेको छ ।
