थप ९०२ जनामा संक्रमण पुष्टि, २२८७ जना डिस्चार्ज

काठमाडौं, २३ भदौ : पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यसमध्ये काठमाडौंका ३ सय जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख  हजार पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् ।

यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.