बलात्कार प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं, २२ भदौ : महानगरीय प्रहरी वृत्त, गौशालाले बलात्कार प्रयास गरेको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।

आइतबार राति सोही वृत्तका प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।

‘हिजो राति ७ बजेको घटना हो । पीडित महिलाले नै उजुरी दिएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौं,’वृत्तका डिएसपी जितेन्द्र बस्नेतले भने ।

वनकालीस्थित छाप्रोमा गएर आफुलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उनीबिरुद्ध उजुर गरेकी छिन् ।

महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले दार्चुला घर भएका जवानलाई बलात्कार उद्योग मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरिएको बताए ।

उनलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.