आज ९७९ जनामा कोरोना संक्रमण पुष्टि, १७३६ जना डिस्चार्ज

काठमाडौं, २२ भदौ : पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका २९३, ललितपुरका २० र भक्तपुरका १३ जना छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै, आजसम्म देशभर ४ हजार ७३९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३०० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.